न्यूनतम ३ महिनाको माग धान्ने गरी पेट्रोलियम भण्डार क्षमता विस्तार

काठमाडौं । अर्थमन्त्री डा‍‍. प्रकाशशरण महतले न्यूनतम ३ महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिने जनाउनुभएको छ । आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उहाँले पोखरामा हवाई इन्धन भण्डार गृह र अमलेखगञ्जमा थप दुई इन्धन भण्डार गृह निर्माण सम्पन्न गरिने जनाउनुभयो ।

अर्थमन्त्री महतले ‘वाटर फ्रम हिमालय’को नामले ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनिरल वाटर र प्रशोधित पानी निर्यात गर्न सहजीकरण गर्ने व्यवस्था मिलाइएको जनाउनुभयो । उहाँले ३६ प्रकारका वस्तु निर्यातमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन ९० करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर