काठमाडौं । सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो ।
यस्तै, पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आउने वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइनेसमेत उहाँले बताउनुभयो।
सरुवा रोग अस्पताल निर्माण र विस्तारका लागि उहाँले ४६ करोड विनियोजन गर्नुभएको छ ।

