काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण पूरा गरेर आज शनिबार स्वदेश फर्किँदै छन्। यसअघि शुक्रबार प्रधानमन्त्री प्रचण्डले भारतको मध्य प्रदेशस्थित उज्जैनको भ्रमण गरेका थिए।
नयाँदिल्लीमा राजनीतिक भेटघाट सकेर विशेष विमानमार्फत् शुक्रबार इन्दौर प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डले त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकनका साथै पूजापाठ गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड दिउँसो इन्दौरबाट दिल्ली फर्किने र अपराह्न दिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

