लाइसेन्सको परिक्षामा १ हजार ५२ चिकित्सक फेल

काठमाडौं। गत बुधबारदेखि सञ्चालन गरेको तीन दिने चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा प्रकाशित भएको छ। परिक्षामा ६१ दशमलव ६१ प्रतिशत चिकित्सक फेल भएका छन्।

नेपाल मेडिकल काउन्सिलका अनुसार परिक्षामा सहभागिता कुल १ हजार ७ सय ९ जनामध्ये १ हजार ५२ अर्थात ६१ दशमलव ६१ प्रतिशत फेल भएका हुन्।

सहभागी ६ सय ५३ जना अर्थात ४० प्रतिशत भन्दा कम चिकित्सक मात्र पास भएका छन्। परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टर (बीडीएस) गरी १ हजार ७ सय २६ जना फारम भरेका थिए।

जसमध्ये १७ जना परीक्षामा अनुपस्थित र १२ जनाको नतिजा रोकिएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा.कृष्ण प्रसाद अधिकारीले जानकारी दिए। मेडिकल (एमबीबीएस) तर्फ कुल १ हजार ३ सय ९२ जनाले फारम भरेकोमा १ हजार ३ सय ७८ जना परीक्षामा सहभागी भएको बताएको छ।

त्यसमध्ये ५ सय ५८ जना (४० दशमलव ४९ प्रतिशत) मात्रै उत्तीर्ण भएको जनाएको छ। यस्तै, डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए। जसमध्ये ९८ जना २९ दशमलव ६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर