कसैको विरोध गरेर पार्टी ठूलो बन्दैन : शेरबहादुर देउवा

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। शनिबार काँग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताए।

सभापति देउवाले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताए। पार्टीका लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको उनले स्पष्ट पारे।

‘गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस्। विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो,’ सभापति देउवाले भने, ‘जनतामा जानुपर्छ। जनतामा जाने हो। गाली गरेर कहाँ पार्टी बन्छ। लडाई गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने। अहिले पार्टीलाई मजबुत बनाउने हो।’

प्रतिक्रिया

सम्बन्धित खवर