काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रुपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताए। ‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ । विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो’ सिंहले भने– ‘अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरु पार्टीको चुनौति सामना गर्नु पर्नेछैन।’
उनले अबको समयमा पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने हो भने कांग्रेसले कुनै पनि पार्टीको चुनौतीलाई सहनु नपर्ने बताए। सिंहले कांग्रेस पार्टीको जस्तो राम्रो विचारधारा अन्य कुनै पार्टीमा नरहेको जिकिर गरे।

