काठमाडौं। संघीय संसद् भवनमा आजदेखि बजेटमाथि छलफल सुरु हुने भएको छ। संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत आयब्यय अनुमानमाथि छलफल सुरु हुने छ।
अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए। बजेट पेश भएपछि प्रतिनिधिसभाको बैठक पहिलो पटक बस्न लागेको हो।

