संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै

काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधि सभाको बैठक बस्दैछ। दुवै सदनको बैठक आज (सोमबार) विहान ११ बजे बस्ने भएको हो।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ। आइतबार प्रतिपक्षी एमाले, राप्रपा, रास्वपा र नेमकिपा लगायतका दलहरूले संसद् अवरुद्ध गरेपछि बैठक स्थगित गरिएको थियो।

आज बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि सभामुखले दलहरूसँग छलफल गर्नेछन्। त्यसैगरी राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजे बस्नेछ। दुवै सदनको बैठकमा गत १५ गते डा.अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर