कालापानीको सट्टा बंगलादेशको बाटो नमागेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानीको सट्टा बंगलादेशको बाटो आफूले नमागेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा भारत भ्रमणको बारेमा उठेको प्रश्नको जवाफ दिँदै कालापानीको सट्टा बंगलादेशको बाटो आफूले नमागेको स्पष्ट पारेका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने ‘कालापानीको सट्टा बंगलादेशको बाटो विकल्प हुन सक्छ भन्ने धारणा मेरो होइन, तपाईहरुकै पार्टी निकट बुद्धिजीवीको सुझाव हो, मैले यसबारेमा के भनेको हो भिडियो र अन्य प्रमाणहरु छन्, यथार्थ तथ्य बुझेर बोल्नु होस्, राम्रो कुरालाई त राम्रो भन्ने अभ्यास सुरु गरौन,यसपटक आफ्नो भ्रमणमा धेरै राम्रो भएको छ, नयाँ आयाम यस भ्रमणले थपेको छ।’ उनले विवाद भएका सीमा क्षेत्रको समस्या समाधान नगरी नेपाल–भारत सम्बन्ध सहज नहुने बताए।

प्रधानमन्त्री प्रचण्डले विवाद भएका सीमा क्षेत्रको समस्या समाधान नगरी नेपाल–भारत सम्बन्ध सहज नहुने बताए। उनले भने ‘विशेष गरि सीमाको विषयमा कालापानी लिपुलेक, लिम्पियाधुरासँग सम्बन्धित विषय र सीमामा जहाँ जहाँ समस्या छन्, ती सम्बन्धमा यो सदनलाई गम्भीरताका साथ र प्रष्टसंग भन्न चाहन्छु। यो समस्यालाई हामीले समाधान गर्नै पर्छ। जब सम्म यो समस्याको स्थायी र दीर्घकालीन समाधान गरिदैँन्। नेपाल भारत सम्बन्ध सहज हुन सक्दैन् भनेर प्रष्ट संग भारतीय प्रधानमन्त्रीलाई राखेको छु।’

प्रतिक्रिया

सम्बन्धित खवर