काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार १५० रुपैयाँ रहेको छ। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १५ रुपैयाँ रहेको महासंघले जनाएको छ।