देशको इतिहास र सभ्यता संस्कृति जान्न जरुरी रहेको ओलीको भनाइ

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका छन्। राष्ट्रिय ललितकला प्रर्दशनीको आज अवलोकनपछि उनले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए।

‘हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, संगीतको हिसाबले पुरानो इतिहास भएको देश हो। यी सबै कुरा हाम्रा सम्पदा हुन्,’ उनले भने, ‘कला र संस्कृतिको जति सुरक्षा र सम्मान गर्न सक्दछौं। त्यति शिक्षा पनि लिन सक्दछौं।’

अध्यक्ष ओलीले देशको इतिहास र सभ्यता संस्कृति जान्न जरुरी रहेको उल्लेख गर्दै कलाको सिर्जना र प्रर्दशनीले अरुलाई पनि इतिहास बुझ्न सजिलो हुने बताए। उनले कलाले पुरानो प्रचलन, चलन, चाडपर्वबारे जानकारी गराउने भएकाले कला पुरानो समाजको अव्यक्त खालको इतिहास रहेको भनाइ राखे। -रासस

प्रतिक्रिया

सम्बन्धित खवर