काठमाडौं। आज सोमबार प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहने भएको छ। सङ्घीय संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुने कार्यसूचि रहेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने कार्यसूचि सोमबार पनि रहेको छ। प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री महतले आइतबार नै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै सोमबार लागि सारिएको हो।
अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा व्यवस्था गरिएका कतिपय करका दर र नयाँ व्यवस्था विवादित बनेका छन्। त्यसको विपक्षी दलहरुले बिरोधसमेत गरेका छन्। बजेटमाथि सोमबार पनि सांसदहरुले आ–आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ। गत सोमबारदेखि बजेट माथि छलफल सुरु भएको हो।

