‘मौरी जस्तै’ बोलको गीत लिएर आए गायक रामचन्द्र चन्द (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दको ‘मौरी जस्तै’ बजारमा आएको छ । भिडियोसहित सार्वजनिक गीतमा गायक चन्दसंगै गायिका टीका प्रसाइको स्वर रहेको छ ।

गीतमा एकअर्कालाई प्रेम गर्ने प्रेमि जोडीको प्रेम कथालाई मूख्य विषय बनाइएको छ । गीतमा विक्रमबाबू बिश्वकर्माको शब्द तथा नन्दु परियारको संगीत रहेको छ भने कृष्ण बिकले एरेन्ज गरेका छन् । तीन दिन अगाडिमात्रै सार्वजनिक भएको गीतलाई दर्शकश्रोताले अत्यधिक माया दिइरहेका छन् ।गायक चन्दको यो भन्दा अगाडि घाटी रेट्नलाई बजारमा आएको थियो त्यो गीतलाई पनि दर्शकश्रोताले धेरै माया दिएका थिए ।

यस्तै गीतको भिडियोमा अर्जुन सापकोटा, काव्य खड्का र गौरव हमालको अभिनय रहेको छ भने प्रविण थापाको निर्देशन रहेको छ। गीतलाई गायक स्वयम् चन्दको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

यस अगाडि बजारमा आएका गीतलाई जसरी दर्शकश्रोताले माया दिएका थिए यो गीतलाई पनि उस्तै माया र साथ दिने गायक चन्दको विश्वास र अपेक्षा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय