गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ। आगामी आर्थिक वर्षको बजेटलाई लिएर गठबन्धनमै रहेका दलहरूले असन्तुष्टि जनाएपछि उक्त विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बसेको बुझिएको छ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी छन्।

एकीकृत समाजवादी र जनता समाजवादीले बजेट विनियोजनप्रति चर्को असन्तुष्टि जनाएका छन्। दुवै दलका सांसदले प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतलाई भेटेर ध्यानाकर्षण गराइसकेका छन्। सोमबार मात्रै नेता नेपाल र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट भएको थियो। गठबन्धनमा देखिएको असन्तुष्टि सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डको पहल गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर