सुनको मूल्य आज ३ सयले बढ्यो

काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनको भाउमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय