घट्यो आज सुनको मूल्य

काठमाण्डौ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय