कृषिमा आत्मनिर्भर बनाउन मूल्य अभिवृद्धि कर लगाइएको अर्थमन्त्रीको भनाइ

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको बताएका छन्।

बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघलगायत संस्थाका किसानसँगको सामूहिक भेटका क्रममा अर्थमन्त्री डा. महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण र कृषिमा आत्मनिर्भर बनाउन त्यस्ता वस्तुमा कर लगाइएको बताए।

उनले करका कारण आयातित वस्तु मात्र महँगो हुने र स्थानीय उत्पादनलाई असर नपर्ने बताए। करको दर लागू नहुँदै सुनियोजित रूपमा केही संगठित व्यक्तिहरूले मूल्यवृद्धि गरेको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर