कोशी प्रदेशले ल्यायो अध्यादेशबाट बजेट

काठमाडौ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अध्यादेशबाट बजेट ल्याएको छ। बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ‘कोशी प्रदेशको आर्थिक अध्यादेश २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश २०८०’ जारी गरेका हुन्। प्रदेश संरचनाको निर्माणपछि पहिलो पटक कोशी प्रदेशले पहिलो पटक अध्यादेशमार्फत बजेट ल्याएको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार पत्रकार सम्मेलनमार्फत बजेट सार्वजनिक गरिरहेका छन्। कोशीमा एमाले नेतृत्वको अल्पमतको सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गराएर बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको हो। बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम पेस भएपछि राति नै प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरिएको थियो।

अर्थ मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले कृषि क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको बताए। उनले आगामी आर्थिक वर्षको लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छन्। बजेटमध्ये चालु खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार छ। पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार हुँदा वित्तीय व्यवस्थापन एक अर्ब रहेको छ। त्यस्तै स्थानीय तहको अनुदानमा ३ अर्ब ६० करोड २९ लाख रकम विनियोजन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर