बेटिङ प्रचारको आरोपमा पक्राउ परेका कलाकारलाई ३ दिन हिरासतमा राख्न आदेश

काठमाडौँ । बेटिङ प्रचारको आरोपमा पक्राउ परेका कलाकारलाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न आदेश दिएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उक्त जानकारी दिएका छन्।

उनीहरूलाई हिजो पक्राउ गरिएको थियो। त्यसअघि म्याद थपका लागि उनीहरूलाई सरकारी वकिल कार्यालय लगिएको थियो। अनलाइन बेटिङ प्लाटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठजनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

पक्राउ पर्नेमा कलाकार राजु मास्टर र बल्छी धुर्वे, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन्।

प्रहरीले पक्राउ परेकाहरूले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर