लगातार घटिरहेको सुन आज भने तोलामा ८ सयले बढ्यो

काठमाडौं। दुई दिनदेखि घटिरहेको सुनको मूल्य शुक्रवार पुनः तोलामा ८ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

बिहीबार सुन तोलामा ८ सय रुपैयाँले घट्दै बजार मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ थियो। चाँदीको मूल्य तोलामा भने १ हजार ४२५ रुपैयाँ पुगेको छ। अघिल्लो दिनको भन्दा तोलामा २० रुपैयाँ बढेको हो। अघिल्लो दिनभन्दा २० रुपैयाँ घट्दा बिहीबार प्रतितोलाको १ हजार ४०५ रुपैयाँ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर