काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार गएराति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको हो।
टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएको छ। अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल श्रोतले बताएको छ ।
केही दिन अघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए। उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्केका थिए।

