अमेरिकामा आँधी : ३ जनाको मृत्यु, थुप्रै घाइते

एजेन्सी । अमेरिकामा टेक्सास राज्यमा आएको आँधीका परि ३ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकाको टेक्सास राज्यको पेरीटन प्यानह्यान्डल सहरमा आएको भीषण आँधीका कारण तीन जनाको मृत्यु भएको हो भने, आँधीका कारण थुप्रै मानिसहरु घाइते भएका छन् ।

यस्तै, प्रभावित सयौंलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

आँधीका कारण व्यापक क्षति पुर्याएका राज्यको ठाउँ ठाउँमा रुखहरु ढलेका छन भने ओक्लाहोमा र टेक्सासमकम ५० हजार मानिसहरु विद्युतविहीन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय