एमालेलाई राष्ट्रिय शक्ति बन्न अब कसैले पनि रोक्न सक्दैन : ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न अब कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले २०८४ मा एमाले राष्ट्रिय शक्ति बन्ने विश्वास दिलाए।

अध्यक्ष ओलीले एमाले राष्ट्रिय शक्ति बने मात्र देशको समृद्धि कायम हुने चर्चा गरे। समाजवादी मोर्चा गठनको तयारी रहेको भनिएका नेताहरूलाई आफूले राम्ररी चिनेको भन्दै उनले मोर्चा बनाउने कुरासँग डराउनु आवश्यक नरहेको बताए। फरक उद्देश्य भएका तत्त्वहरू एक ठाउँमा जम्मा हुँदा राष्ट्रिय शक्ति निर्माण नहुने उनको टिप्पणी छ।

‘अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे। समाजवादी मोर्चा किन बनाउनेभन्दा एउटा नेकपा (एमाले)सँग मुकाबिला गर्न र अर्को काँग्रेस तर्साउन,’ उनले भने, ‘समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने, तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेको हो, लिभिङ टुगेदर चलेकै थियो छ त।’

अध्यक्ष ओलीले त्यस्ता गठबन्धन र मोर्चाले केहीबेर एमालेलाई सत्ताबाहिर राख्नसम्म सक्ने बताए। तर, एमाले मिसन २०८४ को तयारीमा जुटिसकेकोले एमालेसँग मुकाबिला गर्न बन्ने मोर्चाको विषयलाई लिएर डराउन पर्ने कारण नरहेको उनको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर