संखुवासभामा बाढी : एक जनाको मृत्यु, १६ सम्पर्कविहीन

काठमाडौं । संखुवासभामा बाढीमा परेर एक जनाको मृत्यु भएको छ। हेवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको छ। मृतकको पहिचान हुन बाँकी छ।

हेवा खोलामा बाढी आउँदा १८ जना सम्पर्कविहीन भएकामा २ जना सम्पर्कमा आएका छन्। १६ जना अझै सम्पर्कविहीन रहेका डीएसपी गोदारले जानकारी दिनुभयो ।

चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो। बाढीले हेवा खोला जलविद्युत्‌मा क्षति पुर्‍याएको छ। सोही जलविद्युत् आयोजनामा कार्यरत १६ जना मजदुर सम्पर्कविहीन भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर