मोर्चादेखि कोही नतर्सिए हुन्छ : उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक संघर्षबाट अझै उपलब्धि हासिल गर्नुपर्ने भएकाले समाजवादी मोर्चाको बनेको बताएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा सोमबार आयोजित समाजवादी मोर्चा घोषणा सभामा उनले राजनीतिक रुपमा बाँकी रहेका कार्यहरू गर्न मोर्चा अग्रसर हुने बताए।

यादवले नागरिकता समस्यामा प्रतिगामी शक्तिहरूले चलखेल गरिरहेको बताए। उनले आगामी दिनमा संघर्ष गर्नुपर्ने अवस्था समेत आउन सक्ने बताए। राजनीतिक अस्थिरताको अन्त्य गरी सुशासनको बाटो हुँदै विभेद र असमानताको अन्त्य गर्दै समानतामा आधारित समाजवादको आधार तयार गर्न मोर्चा गठन भएको उनको भनाई छ। यादवले मुलुकमा पश्चगामी शक्तिहरू रहेको जसले परिवर्तनलाई पछाडि धकेल्न खोजेको र अर्कोथरी यथास्थितिमा रमाउन चाहने शक्ति भएको बताए।

‘मोर्चादेखि कोही नतर्सिए हुन्छ। धेरै मान्छेहरू केही साथीहरू घोषणा हुनुअघि नै बडबडाउन थाल्नुभएको थियो। त्यसो नगर्नुस्,’ उनले भने, ‘हामी मुलुकमा अग्रगमन परिवर्तनका लागि परस्पर सहयोगको आधारमा अघि बढ्छौं। प्रतिगमनकारी शक्तिहरू जसले विगतको उपलब्धिलाई समाप्त पार्ने काम गरेका छन्, तिनीहरूलाई आवश्यक परे समाप्त पार्नेछौं।’

प्रतिक्रिया

सम्बन्धित खवर