आवश्यकता हेरेर काम गर्ने रवि लामिछानेको भनाइ

भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन्। भरतपुर महानगरपालिका-१२ कालिका टोलमा आज आयोजित कार्यक्रममा उनले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नभएको बताए।

‘जनताको धन र ज्यानलाई सुरक्षित राखेर गरिने विकास नै दिगो विकास हो,’ सभापति लामिछानेले भने, ‘विकास निर्माणका काम गर्दा राज्यले विवेक प्रयोग गर्नुपर्छ।’ उनले पार्टीका कार्यकर्तालाई झन्डा बोकेर नभई आम नागरिक बनेर जनताको सेवक बन्न आग्रह गरे।

उनले पाँच वर्षमा आफ्नो पार्टीले उल्लेख्य काम गर्ने भन्दै राज्यबाट नै विकासमा विभेद भएको गुनासो गरे। ‘भोट हालेको र नहालेकै आधारमा हामीले जनतालाई विभेद गर्न हुँदैन,’ उनले भने, ‘कम भोट आएको ठाउँमा कम विकास र बढी भोट आएको ठाउँमा बढी विकास भन्ने हुँदैन।’

प्रतिक्रिया

सम्बन्धित खवर