काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति १ बजे भएको दुर्घटनामा परेर १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको जिप सहिद लखन गाउँपालिका ३ को चिलिङकोट स्थित पात्लेखोलामा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापा रहेकाछन् । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ ।
बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा उक्त जिप दर्घटनामा परेको प्रहरीले जनाएको छ । जिपमा १९ जना सवार रहेका थिए । दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

