सुदुरपश्चीमका मन्त्री सिंहको आज गरियो दाहसंस्कार

काठमाडौं। सवारी दुर्घटनामा ज्यान गुमाएका सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको आज अन्तेष्टी गरिएको छ।

गाडी दुर्घटनामा ज्यान गुमाएका मन्त्री सिंह, सिंहकी पत्नी अमृता र भाउजू जया सिहंको आज बझाङको सदरमुकाम चैनपुरस्थित डुङ्री घाटमा दाहसंस्कार गरिएको हो।

स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा जेठा छोरा अभिषेक र कान्छा छोरा आदेशले दागबत्ती दिए। अन्त्येष्टि अघि नेपाल प्रहरीको ३० जनाको टोलीले स्वर्गीय सिंहप्रति अन्तिम सलामी अर्पण गरेको थियो ।

धनगढीबाट बझाङ जाने क्रममा केदार स्यूँ गाउँपालिका–१ जुवाली खेतमा गाडी दुर्घटनामा परी मृत्यु भएका मन्त्री सिंहसहित तीनै जनाको विदेशमा रहेका जेठा छोरा आएपछि मृत्यु भएको पाँचौँ दिन आज चैनपुरमा दाहसंस्कार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर