निर्वाचनमा अन्तर्घात गर्ने जसपाका पाँच केन्द्रीय सदस्य पार्टीबाट निष्कासित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचनमा अन्तर्घात गर्ने पाँच केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ। काठमाडौंमा शनिबार बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनमा अन्तर्घात गर्ने पाँच जनालाई निष्कासन गर्ने निर्णय गरेको हो।

निष्कासनमा पर्नेमा केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैता रहेका छन्। छानबिन समितिको प्रतिवेदनको सिफारिसअनुसार पार्टीका केही केन्द्रीय नेताहरूलाई समेत नसिहत दिने निर्णय गरिएको छ। कारबाहीको निर्णय चित्त नबुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्नेछन्।

त्यस्तै बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ। उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने छ। सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ गठित पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर