काठमाडौं। गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ। रोमनियाको एक कार्यक्रममा गयराति उनीमाथि बोतल प्रहार भएको हो। उनीमाथि प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भइरहेको छ।
‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सीधै सपुतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ। मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए।
याद नेपाली म्युजिक फेस्टिभल भाग–२ नामकरण गरिएको यो कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागी भएका हुन्। कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका थिए। आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।