वास्तविक सुकुम्वासीको पहिचान भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले वास्तविक सुकुम्वासीको पहिचान भइरहेको बताएकी छन्। मंगलबार सम्बन्धित मन्त्रालयको बजेटमाथि छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकार वास्तविक सुकुम्वासीको पहिचान गर्ने काममा गम्भीर रहेको बताइन्।

उनले भनिन्,’ हामीकहाँ दुई थरी सुकुम्वासी छन्। एक थरी हुकुम्वासी र अर्को थरी सुकुम्वासी। वास्तविक सुकुम्वासी को हो यसबारे हामी गम्भीर छौं।’ मन्त्री श्रेष्ठले काठमाडौंका स्ववासीहरूलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताइन्। उनले काठमाडौंमा कमैया जीवन बिताउन बाध्य धेरै मूलवासी नेवारहरू रहेका भन्दै उनीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको बताइन्।

मन्त्री श्रेष्ठले भूमिहीनहरूलाई जग्गाको लालपुर्जा दिन राष्ट्रिय भूमि आयोगले ७७ वटै जिल्लाका काम गरिरहेको पनि बताइन्। उनले भूमिहीनलाई जग्गा उपलब्ध गराउन भूमि आयोगमा छलफल चलिरहेको बताइन्। जग्गा दर्ता गरेर लालपुर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढिरहेको उनको भनाइ छ।

यस्तै मन्त्री श्रेष्ठले उनले सहकारीको विषयमा आफू गम्भीर रहेको बताइन्। सहकारीबाट ठगिएका जनतालाई न्याय दिनका लागि कार्यदल गठन गरिएको र त्यसले काम गरिरहेको उनको भनाइ छ। सहकारी संस्थाहरूलाई दिगो र बलियो बनाउनका लागि विस्तृत अध्ययन र अनुसन्धानको प्रक्रिया अगाडि बढेको उनले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर