आज बकर ईद पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। आज (विहीबार) मुस्लिम धर्मावलम्बीको महत्वपूर्ण पर्व ईद। रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन्। ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इदका अवसरमा इस्लाम धर्मालम्बीहरहरूले खसी वा भेँडाको बली दिने प्रचलन छ।

इब्राहिमले सपनामा आफ्नो छोरा इस माइललाई ईश्वरको आदेशानुसार बली दिएकोले सो अनुसार छोरालाई बली दिन जङ्गलमा लिएर गएकामा छोराले नमानेपछि आकासवाणी गरेर ईश्वरले छोराको सट्टा जनावरको बली दिनु भनेपछि जनावरको बली दिने चलन चलिआएको बताइन्छ।

खसी वा भेंडाको बलीको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ। बकर इदका दिन बिहान मुस्लिम समुदायहरूले स्नान गरी राम्रो सफा लुगा लगाई इदगार वा मुस्जिदमा गई सामुहिक नमाज पाठ गरी सकेपछि इद मुवारक भन्दै शुभकामना एक आपसमा आदानप्रदान गरिन्छ।

नमाजपछि मुस्लिम शास्त्रअुनसार चौपाया खसी, बोका, बाख्रा, राँगा, भैँसी, भेडा, ऊँटलगायतमध्येका जनावरको बली दिने गरिन्छ। सो दिन आफ्नो इष्टमित्रलाई घरमा बोलाई मासुको परिकार खुवाई शुभकामना आदानप्रदान गरी मनाउने चलन छ। आजको दिनमा मुस्लिम धर्मालम्बीहरू मस्जिदमा जम्मा भई विशेष नमाज पढ्छन्। नमाज पढिसकेपछि घर-घरमा गएर बली दिने गर्छन्। बकर इद तीन दिनसम्म मनाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर