मलेशियामा दुर्घटनामा परेर एक नेपाली युवाको मृत्यु

सल्यान । मलेशियामा दुर्घटनामा परेर नेपाली युवाको मृत्यु भएको छ। सल्यान वनगाड कुपिण्डे नगरपालिका–११ रैकरका ३१ वर्षका प्रकाश वली डिउटीबाट फर्कदै गर्दा दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।

घाइते वलीको उपचारका क्रममा बिहीवार बिहान २ बजेतिर मृत्यु भएको थियो।

मलेशियाको काजाङमा साइकलबाट लडेर मृत्यु भएका उनका काका हीरालाल वलीले जानकारी दिए। एक वर्षअघि मात्र मलेशिया गएका वलीका ३ छोरा र श्रीमती छन्।

मलेशियाबाट शव तत्काल नेपाल ल्याउन पहल गरिदिन मृतक वलीको परिवारले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर