जथाभाबी रकमान्तर गर्ने चलनले भ्रष्टाचार र आर्थिक अपचलन बढायो : कांग्रेस नेता केसी

काठमाडौं। सार्वजनिक लेखा समिति सभापति अर्जुननरसिंह केसीले करदाताले तिरेको करको खर्च मितव्ययी रुपमा खर्च नभए प्रजातान्त्रिक मान्यताको उल्लंघन हुने बताएका छन्।

महालेखा परीक्षकको कार्यालयको ६५औँ वार्षिकोत्सव समारोहमा उनले नागरिकको कर कति र कुन ढंगले कहाँ प्रयोग भएको छ भनेर हेरिनुपर्ने बताए।

त्यस्तै, लेखा परीक्षणका लागि आवश्यक प्राविधिक क्षमता विकासमा ध्यान पुर्‍याउन जरुरी रहेको केसीले बताए। ‘सरकारी संघसंस्थामा चरम राजनीतिकरण भएको विद्यमान अवस्थाले गर्दा नतिजा दिन नसकेको अवस्था छ।

बर्सेनि बेरुजुको रकम बढ्दै गएको छ। आर्थिक अनियमितता र विचलनले भयावह स्थिति सिर्जना भइरहेको छ। यही अवस्थामा भोलि दातृ निकायले पत्याउन नसक्ने अवस्था आउने सम्भावना रहन्छ,’ केसीले भने।

पूर्वतयारी नै नसकिएका आयोजनामा बजेट छुट्याउने र खर्च भुक्तानी दिने, ठूलो रकम वर्षान्तमा भुक्तानी दिने प्रवृत्ति रोकिनुपर्ने केसीले बताए। त्यस्तै, जथाभाबी रकमान्तर गर्ने चलनले पनि भ्रष्टाचार र आर्थिक अपचलन बढाएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर