फेरि नेकपालाई एकतावद्ध गर्नुपर्छ भनेका छौं : प्रधानमन्त्री

भक्तपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि एकतावद्ध हुन आव्हान गरेका छन्। ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरुले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले फेरि नेकपा तिरै फर्कने भनेका छौं। फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भनेका छौं।’ देशका वामपन्थीहरुलाई एकतावद्ध गरेर आम श्रमजीवि जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने उनले आफूहरुको संकल्प रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने,‘२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले अहिले देशब्यापी स्वरुप लियो। देशको पहिलो शक्ति बनिसक्यो। यो शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्छ भन्ने ठानेर मैले तात्कालिन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुलाई एकतावद्ध गर्यो भने छिटोभन्दा छिटो हामीले आर्थिक समृद्धि तिर जान सकिन्छ र समाजवाद तिर पनि देशलाई डो–याउन सकिन्छ भनेको थिएँ। र, कम्युनिष्ट एकता भयो पनि। देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाई प्राप्त पनि भयो। जनतामा ठूलो उभार र उत्साह देखापर्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर