देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने संकल्प छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन्। ‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’द्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धी प्रतिभासँगको आज भएको भेटघाटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकको समृद्धि, सुशासनका क्षेत्रमा केही नयाँ गर्ने सोच रहेको बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले भने, ‘मैले भनेको थिएँ यस पटक म कुनै नराम्रो काम गर्दिन, नराम्रो काम हुन दिन्नँ। जति गर्छु, देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहास र भावी पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।’

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले देश निर्माणको अभियानमा बलियो साथ दिन युवापुस्तालाई अपिलसमेत गरे। उनले भने, ‘आज तपाईंहरू प्रतिभाशाली कलाकार भाइबहिनीहरूसँग यसरी भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। आ-आफ्नो कला र प्रतिभा बोकेर आफ्नो मातृ तथा पितृभूमि नेपालसम्म आउनुभएका यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित खवर