जुम्ला। जुम्लामा अन्तर्जातीय विवाह गरेपछि केटी पक्षले केटा पक्षको घरमा आगजनी गरेका छन्। आइतबार बिहान तातोपानी गाउँपालिका–४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी गरेका हुन्।
उक्त घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ। उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए।

