अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

अर्घाखाँची। अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ एक जना घाइते भएका छन्। पाणिनी गाउँपालिका–१ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमलप्रसाद पोखरेले जानकारी दिए।

घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, ११ वर्षीया मञ्जु रास्कोटी र १२ वर्षीय खुमबहादुर रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए। घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन्। घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन। तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर