सुनको मूल्यमा आज वृद्धि

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनमा प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो।

महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीमा ५ रुपैयाँले वृद्धि भएर १३ सय ८० रुपैयाँमा कारोबार भइहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर