काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।
दिउँसो साढे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिमाथि छलफल हुने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि दिल्ली गएको अभिव्यक्ति दिएका थिए । उनको सो भनाई हाल विवादमा परेको छ ।

