एलिजा गौतमले गरिन् राजनीति त्यागेको घोषणा

काठमाडौं। अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन्।

धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उल्लेख गरेकी छन्। उनले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन्।

सामाजिक कामको सिलसिलामा आफू धरानमा पुगेको उल्लेख गर्दै उनले समाजसेवामा सक्रिय हुने बताएकी छन्। उनले आगामी दिनमा समाजसेवामा लाग्ने बताएकी छन्। एलिजा पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर