एसइईको नतिजा सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। २०७९ सालमा सञ्चालन गरेको एसइईको नतिजा बोर्डले बिहीबार अपरान्ह सार्वजनिक गरेको हो।

अध्यक्ष महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डले यस वर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर परीक्षाफल प्रकाशित गरेको छ।

२०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्तांक हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्तांक हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्तांक हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ। साथै ६० देखि ७० भन्दा कम प्राप्तांक हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्तांक हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्तांक हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्तांक हुनेलाई डी प्लस, २० देखि ३० प्राप्तांक हुनेलाई डी तथा २० भन्दा कम प्राप्तांक हुनेलाई ई ग्रेड प्रदान गरिन्छ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो। परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ।

बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए।परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ। जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ। नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिनेछ।

यस्तै, www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np, https://see.nicasiabank.com, www.see.edusanjal.com, www.ekantipur.com, www.theconnectplus.com, https://khalti.com/app, www.neemaacademy.com, https://mypay.com.np, www.nepleeducationpoetal.com, www.ayoresult.com, www.results.matraeducation.com, www.tuteeline.com मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर