पश्चिम बंगालमा चुनावी हिंसा, चार जनाको मृत्यु

एजेन्सी। भारतको पूर्वी राज्य पश्चिम बंगालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन्।

सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडमा राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका हुन्। पश्चिम बंगालमा भोलि शनिबार स्थानीय निर्वाचन हुँदैछ।

एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु भएको हो। विपक्षी दलका कार्यकर्तालाई तर्साउन बम बनाइरहेका बेला त्यो विष्फोट भएको थियो। उनी कांग्रेस समर्थक थिए। प्रहरीले घटनास्थलबाट बम बनाउने सामग्री बरामद गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय