कलाकार सारुक ताम्राकारको अन्त्येष्टि, बुबाले दिए दागबत्ती

काठमाडौं । कलाकार सारुक ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सारुकको पार्थिव शरीरमा बुबा सानु ताम्राकारले दागबत्ती दिए । अन्तिम श्रद्धाञ्जली दिन आज अपरान्ह आर्यघाटमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो ।

सारुकसँग ‘इन्टु मिन्टु लण्डन’मा सहकार्य गरेका को-स्टार धीरज मगरदेखि पाका अभिनेता शिव श्रेष्ठसम्मको उपस्थिति त्यहाँ थियो ।

सेलिब्रिटीदेखि सर्वसाधारणसम्मले सारुकको मृत्युमा श्रद्धासुमन व्यक्त गरिरहेका छन् । रानी, मेरी मामु, इन्टुमिन्टु लण्डनमा लगायत फिल्ममा अभिनय गरेका सारुक पछिल्लो समय ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर