काठमाडौं। प्रतिनिधि सभाको बैठक दुई घण्टा सरेको छ। आज दिउँसो १ बजेलाई तय गरिएको बैठक ३ बजेलाई सरेको हो। संघीय संसदको अवरोध हटाउन तीन मुख्य दलका प्रमुख अहिले छलफलमा छन्।
प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सिंहदरबारमा जारी छ।गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिले नेकपा एमाले आन्दोलित छ। एमाालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ।

