शीर्ष नेताहरुबीच संसद्को अवरोध हटाउने समझदारी

काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद्को अवरोध हटाउने समझदारी बनेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले संसद् खुलाउने समझदारी गरेको हो।

सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको काँग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले जानकारी दिए।

लेखकका अनुसार प्रधानमन्त्री प्रचण्डले आइतबार ३ बजेका लागि तय भएको बैठकलाई सम्बोधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको हो। उनले भने, ‘आज तीन बजे बैठक बस्छ। प्रधानमन्त्रीजीले आफ्नो धारणा राख्नु हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर