प्रकाश पन्थको नेतृत्वमा संसदीय टोली न्यूयोर्कतर्फ प्रस्थान

काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा चार सदस्यीय संसदीय टोली आज न्यूयोर्कतर्फ प्रस्थान गरेको छ।

संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि एजेण्डा तय गर्ने उच्चस्तरीय राजनीतिक मञ्चमा छलफलका लागि भाग लिन उनीहरु त्यसतर्फ गएका हुन्।

टोलीमा नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा र संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डे रहेको सचिवायलको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। उक्त छलफल यही आसार २५ देखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर