ललिता निवास प्रकरण : दुई पूर्वकर्मचारी पक्राउ

काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका थप दुई पूर्वकर्मचारी पक्राउ परेका छन्। मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्वकर्मचारीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

उनीहरूमाथि मन्त्रिपरिषद्को निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप छ। उनीहरूले तयार पारेको नक्कली फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले स्वीकृत गरेका थिए। देउजा सहसचिवमा अवकासप्राप्त कर्मचारी हुन्।

किर्ते गरेर जग्गा व्यक्तिको बनाएबापत देउजाले तत्कालीन राणा परिवारबाट घुसको रुपमा जग्गा नै लिएका थिए। पौडेल र मिश्रसहित हालसम्म १४ जना ललिता निवास प्रकरणमा प्रहरी नियन्त्रणमा परिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर