प्रधानमन्त्रीद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो। प्रधानमन्त्री प्रचण्डले मृतकप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

हेलिकोप्टर दुर्घटनामा परी पाँच जनाको निधन भएको छ। एक जना बेपत्ता छन्। प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर