सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालीने सञ्चारमन्त्री शर्माको भनाइ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी छन्। आज बिहीबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवद्र्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको बताइन्।

मन्त्री शर्माले विद्युतिय तथ्यांकहरुको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतिय तथ्यांक सुरक्षा निति तर्जुमा गरीने जानकारी दिइन्। त्यस्तै, साइबर सुरक्षासँग सम्बन्धित विषयहरु एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको पनि उनले स्पष्ट पारिन्।

प्रतिक्रिया

सम्बन्धित खवर